‘भ्रष्टाचार गर्न राजनीतिमा आएको हैन’ भन्दै भोट माग्दै दिपक
इटहरी | कात्तिक २१, २०७९
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले भ्रष्टाचार गर्न र कमाउन राजनीतिमा नआएको बताउँदै भोट माग्दै छन् ।
आफ्नो उम्मेदवारी विकासकालागि भएको भन्दै गुरुङ घरदैंलोमा व्यस्त छन् । पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् ।
‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’
उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाँडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’
घरदैलो अन्तर्गत कालिकाको काफलबारी पुगेका गुरुङलाई स्थानीयले पुल नबन्दा समस्या परेको गुनासा सुनाए । वडा नं १३ र २८ जोड्ने पुल विचमै रोकिँदा काफलबारी विकास हुन नसकेको स्थानीयको गुनासो थियो । गुरुङले निर्वाचित भइसकेपछि पहिलो काम पुल निर्माणमा लाग्ने बताए ।
‘तपाईँका समस्यालाई मैले टिपोट गरेको छुँ । म भ्रष्टाचार गर्न राजनीतिमा आएको होइन । समाज विकास गर्नको लागि हो,’ उनले भने, ‘पुलको काम अध्ययन गरेर निर्वाचित भइसकेपछि काम सुरु हुनेछ ।’ गुरुङले आफ्नो लभ्य भनेको इमान्दारपूर्वक जनताको सेवा गर्ने स्थानीय माझ सुनाए ।
नेपाली काँग्रेस वडा २८ का सभापती विश्वरमण अधिकारीले इमान्दारपूर्वक लागि परेर गठबन्धनको सरकारलाई जिताउन आग्रह गरे । ‘कालिकाको विकासको लागि आफ्नै घरआगनका नेता पाएका छौं । अब जिताउने काम हामी सबैको हो,’ उनले भने ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

